नयाँ बर्षको “Resolution”
आज सधैं जस्तो एक घाम अस्ताएको छभोली सधैं जस्तो अर्को बिहान हुनेछ
उसै गरी बासेका छन आज चराहरु
शायद उसै गरी बास्छ भाले भोली पनि
उसै गरी घुम्नेछ घडी को सुइ
बद्लिएको छ त केबल
लोभ गरेर साचेर राखेको बोतल मा रक्सी को लेबल
अनी,
भित्ताको क्यालेन्डर !!!
शायद,
उसै गरी चल्लान मेरा दैनिकीहरु
तुहिएला यस बर्षको Resolution पनि
मेलम्ची सपना जस्तै
काले मिजारको कछाड फेर्ने सपना जस्तो
अधुरै रहला कैयन रहर हरु
तैपनी मन फेरी भन्छ
जगाउ आशा का नयाँ दिपहरु
सल्काउ मन भित्र उत्साहका नयाँ ज्वालाहरु
र,
भर, नयाँ बर्षको सिउदो
नयाँ बाचा, प्रतिज्ञाहरुले !!!
सक्छौँ ! समाज बदलौं , राष्ट्र बदलौं
सक्दैनौं ! आफु बदलिने प्रयास गरौं
यहाँ एक सरो लुगा नहुने कैयौं छन
एक छाक मिठो खान नपाउने धेरै छन
सक्छौँ !आफुले एक थान लुगा कम किनौं
आफ्ना परीकारहरु बाट एउटा ‘dish’ कम् गरौं
आउनुहोस् यसपाली एउटा यस्तो “Resolution” गरौं
एक छाक खाने र एक सरो लाउन खोज्नेहरुको “Resolution” पुरा गरौं !!!
This comment has been removed by the author.
ReplyDeleteसतिश दाइ हजुरको लागि
ReplyDeleteसलाम छ हजुरको रचना प्रति
शब्दका मेल अनि तिनका गति
साच्चै मलाई मन पर्यो अत्ति
शुभ भाव व्यक्त गर्ने राम्रो जुक्ति
मेरो नि शुभकामना तपाइहरु सबैलाई
आगमन गरि सकेको यो नया बर्षलाई
फलोस फुलोस प्रगति होस् सदैलाई
विशेष तः सम्झी राछु सानो भाइलाई
टाढा भए पनि नजिक छ नाता र भावाना
सधै खुसि रहनु होस् येही मेरो कामना
तपाईका लेखहरु उत्तम छन् , मेरो धारणा
तपाईका कलमले येसरी नै लेखुन, तपाइको चाहना
Nice one babu...
ReplyDeleteNice one babu...
ReplyDelete