कोही छ?


कुनै दलको जन्तर नलाएको
कालोलाई कालै र
सेतोलाई सेतै भन्न सक्ने
कसैको स्तुतिगानमा समर्पित नभएको
यि भजनहरुको भिडमा
एउटा निस्पक्क्ष आवाज भएको कोही छ?

कुनै नेताको जन्ति नग​एको
कसैको क्रिपाले बाच्न नचाहने
आफ्नै पौरख र पसिनाले बाच्नुमा गर्ब गर्न सक्ने
यि दासहरुको भिडमा

एउटा स्वभिमानि नेपालि कोही छ?


कसैको धुपौरे हुनुमा गर्ब नगर्ने
परिश्रम र मानबिय मुल्यहरुको कदर गर्ने
आफ्नै क्षमता र शिपमा बिश्वास गर्ने
यि मानिसक वीक्लाङग हरूको भीडमा
स्वाब्लम्बी नेपालि कोही छ?


छ भने Dr. Govinda Kc लाई साथ दिन आगाडी आऊनूहोस 



Request From:
Satish Tripathi
3/30/2015

Comments