पुनः हास्नेछ मेरो देश !!
-------------------------
-------------------------
आउ ! उठ !
यो सपना हरुको भग्नावशेस माथि
थिचिएका तिम्रा पौरख माथि
रच नया इतिहास र देखाउ
हामि नहार्ने पुर्खाका सन्तान भनेर
यो सहज समय होइन
यो जिबनको सामान्य उतार चढाव होइन
यहाँ बर्सौको पसिना पोखिएको छ
इतिहास भत्किएको छ
आशा/ रहर हरु मुर्छित परेका छ्न्
बस्तिहरु लमतन्न परेका छन
आफ्नै आंगनमा बिस्कुन बनेर !!
थाहा छ,
भग्नाबसेस माथि उभिएर हास्न सहज हुदैन
आफ्नै पुरुषार्थको मलामि बन्न सहज हुदैन
नरोउ भन्नु र रुवाइ रोक्न सक्नु
नितान्त भिन्दै हुन
तर तिमि हास्नु पर्छ
जुट्नु पर्छ उठाउन
ढलेका आफ्नै रहरको मियो
र
देखाउनु पर्छ जगत सामु
हामि लड्दै, हार्दै ,उठ्दै ,जित्दै गर्ने
पुर्खाका सन्तान हौं भनेर !!
यो शोकलाइ जोगाउनु छ
शक्तिमा बदल्न
सल्काउनु छ दियो आशाको
नयाँबस्ति बसाउन
नयाँ सभ्यता बनाउन
यो देशलाइ हाम्रो हातको खाँचो छ
हाम्रो पौरखको खाँचो छ!!
आउ
पुनः उठौं जुटौं
र प्रण गरौं
पुनः उठ्नेछ मेरो देश !
पुनः हास्नेछ मेरो देश !!
-----------------------------------
सतिश त्रिपाठी
Houston, USA
25th April 2015
Comments
Post a Comment