आँखिर परिक्षा न त रहेछ जिन्दगि !!!!
सतिश त्रिपाठी "सार्थक" (04/01/2016)
------------------------------------------------------
सतिश त्रिपाठी "सार्थक" (04/01/2016)
------------------------------------------------------
मध्य रात छ
चकमन्न अन्धकार छ चारै तिर
कता कति अलि अलि आवाज आउछ टाढा बाट
यस्तै बेला मेरो छोरो जुरुक्क उठ्छ र भन्छ
ड्याडि ! उठिस्योस्न खेल्न जाम
म सिरक तान्छु
नसुने झै गर्छु
आर्को पट्टि फर्कन्छु
र, पुन: निदाउने कोसिस गर्छु
उ फेरी सिरक तान्दै भन्छ
“उठिस्योस्न भनेको!"
अब टार्न नसकिने पक्का भो
सकी नसकी उसको खेल्ने ठाउ सम्म पुग्न पर्ने भो
उ मेरो निन्द्रा बिगारेर आफ्नो सुरमा खेल्न थाल्यो !

म अन्योलमा परे
उसंग रिसाउ कि
गालि गरौ कि
मन उद्वेलित भो र पनि शान्त भो
सोचे
ओहो जिन्दगीमा परिक्षाहरु सकियो भनेर
खुसि हुनु नपर्ने रहेछ
पल पलमा स्वरुप बदलेर परिक्षा दि’रहनु पर्ने !!
उसंग रिसाउ कि
गालि गरौ कि
मन उद्वेलित भो र पनि शान्त भो
सोचे
ओहो जिन्दगीमा परिक्षाहरु सकियो भनेर
खुसि हुनु नपर्ने रहेछ
पल पलमा स्वरुप बदलेर परिक्षा दि’रहनु पर्ने !!
छोरो मध्ये रातमा उठाउछ
सहनसिलताको परिक्षा दिनु पर्ने
छिनछिनमा छेउ न पुच्छर को प्रस्न सोध्छ
२५ / ३० वर्ष को पढाई दाउमा राख्दा पनि उत्तर दिन नसक्ने
उत्तर नदिई पनि नहुने , चिट चोर्न पनि नपाउने !!!
सहनसिलताको परिक्षा दिनु पर्ने
छिनछिनमा छेउ न पुच्छर को प्रस्न सोध्छ
२५ / ३० वर्ष को पढाई दाउमा राख्दा पनि उत्तर दिन नसक्ने
उत्तर नदिई पनि नहुने , चिट चोर्न पनि नपाउने !!!
साथी हरु भेट्यो बिर्सिस भन्छन
बुबा फोन गर्न छाडिस भन्नु हुन्छ
श्रीमतीजी घुमाउन लान छोड्यो भन्छिन
आफन्तहरु सम्झनै छाड्यो भन्छन
जता फर्के पनि मायाको परिक्षा दिई रहे जस्तो
सम्बन्धको परिक्षा दिई रहे जस्तो !!!!
बुबा फोन गर्न छाडिस भन्नु हुन्छ
श्रीमतीजी घुमाउन लान छोड्यो भन्छिन
आफन्तहरु सम्झनै छाड्यो भन्छन
जता फर्के पनि मायाको परिक्षा दिई रहे जस्तो
सम्बन्धको परिक्षा दिई रहे जस्तो !!!!
मन नपरेकासंग आफ्नै जस्तो ब्यबहार गर्नु पर्ने
मन परेकासंग टाढिए जस्तो गर्नु पर्ने
आफु दुख हुदा पनि बाहिर हासो देखाउनु पर्ने
आफु खुसि हुदा , खुसि प्रकट गर्न नपाउने
जिन्दगिको हर मोड हर पाइलामा
कुनै रंगमंचको लागि अभिनयको परिक्षा दिई रहेजस्तो!!!!!!
मन परेकासंग टाढिए जस्तो गर्नु पर्ने
आफु दुख हुदा पनि बाहिर हासो देखाउनु पर्ने
आफु खुसि हुदा , खुसि प्रकट गर्न नपाउने
जिन्दगिको हर मोड हर पाइलामा
कुनै रंगमंचको लागि अभिनयको परिक्षा दिई रहेजस्तो!!!!!!
अ हो ! आज सम्म किन बुझिएन
जिन्दगि नै एक परिक्षा हो भन्ने
एउटा बिसयमा मात्र राम्रो अंक ल्याएर नपुग्ने
सबै बिसयमा खरो उत्रनु पर्ने
एउटामा यसो खस्क्यो कि जिन्दगि को समग्र GPA गर्ल्यामगुर्लुम हुने
सबै बिसय अनिबार्य
जान नजान
मन पराउ मन नपराउ
आँखिर परिक्षा न त रहेछ जिन्दगि !!!!
जिन्दगि नै एक परिक्षा हो भन्ने
एउटा बिसयमा मात्र राम्रो अंक ल्याएर नपुग्ने
सबै बिसयमा खरो उत्रनु पर्ने
एउटामा यसो खस्क्यो कि जिन्दगि को समग्र GPA गर्ल्यामगुर्लुम हुने
सबै बिसय अनिबार्य
जान नजान
मन पराउ मन नपराउ
आँखिर परिक्षा न त रहेछ जिन्दगि !!!!
Comments
Post a Comment