तिमिलाइ तिम्रो जन्मदिनको लाखौ लाख शुभकामना !!

तिमिलाइ तिम्रो जन्मदिनको लाखौ लाख शुभकामना !!
-------------------------------------------------------------------
एउटा सानो पैताला लिएर
एउटा सानो हत्केला बोकेर
जब आयौ तिमि यस धर्तीमा
लाखौ कोषको यात्रा गर्न
जानी नजानी घस्रेर केहि कदम चलि सक्यौ
सिकी सक्यौ दुइ पाउले आफ्नो भार थाम्न
तोते बोल्दै , रुदै, हास्दै ,हसाउदै
बढाउदै आफ्ना दायरा यस धर्तीमा
घटाउदै छौ दुरी त्यो अनन्त यात्रा तर्फको
आतुर छ तेस्रो बसन्त तिमिलाई फुलहरुले सजाउन
पर्खाइमा छन् ति सडक, चौर र बस्तिहरु
तिमि आइ डुल्ने, खेल्ने आशमा
जाउ सम्हाल तिम्रा ति नासोहरु जतन गरेर
नचुडि फुलहरु , नभाची बुट्यानहरु
गरेर प्रेम यो हावा , यो धर्ति अनि आकाश संग
दौतरी कस यो जगत संग
सम्झ, जे लिनेछौ यो धर्ति बाट
जे पाउने छौ यो जगत बाट
त्यो केवल नासो हो तिमि लाइ
फर्काउनु पर्ने छ उसै गरि जसरि लिनेछौ
तिमीले केवल फुल हरु लिएर माला उन्नु छ
हावा हरु को सुसेली बाट संगीत भर्नु छ
कोइलि को धुन टिपेर गीत बून्नु छ
पात बुट्यान बाट जडिबुटी चुन्नु छ
माटो ढुंगा जोडेर घर बस्ति बनाउनु छ
सबै सजिब निर्जीव हरु मिलेर बस्ने संसार निर्माण गर्नु छ
एउटा यस्तो संसार
जहाँ तिमिसंगै अरुको पनि सपना फुल्न सकोस
सबैको ओठमा निर्धक्क हासो खुल्न सकोस
निदाउन सकुन सबै बिना सन्ताप केवल आकास ओडेर
तिमि लाइ देखेर कसैले निधार खुम्च्यानु नपरोस
अरु ले जे सोचून आफुले कसैको कुभलो नाचिताउनु
तिम्रो लागि जति भाग लगाएको छ भगवानले
त्यति पाउने छौ अबस्य
न गर्नु कहिल्यै लालच लोभ
जानेर " सन्तोषी सदा सुखी "
जो जान्दैन यी कुरा हुनेछ उ दुखि
जानेर लिनु बुझी !!!!

Comments