" सम्झना मा होलि "
-----------------------------------
-----------------------------------
खासमा भन्नु पर्दा
तिमिलाई आजै मात्र सम्झेको नि होइन
तिमिलाई बिर्सनु पर्ने कुनै कारण पनि थिएन
तैपनि बिशेष याद आयौ तिमि आज
फसबुकका भित्ताहरुमा रंगिएका मुहारहरु देख्दा
आयो याद नरंगाए पनि रंगिन तिम्रो गुलाबी मुहार
तिमिलाई आजै मात्र सम्झेको नि होइन
तिमिलाई बिर्सनु पर्ने कुनै कारण पनि थिएन
तैपनि बिशेष याद आयौ तिमि आज
फसबुकका भित्ताहरुमा रंगिएका मुहारहरु देख्दा
आयो याद नरंगाए पनि रंगिन तिम्रो गुलाबी मुहार
जब तिमि ढाकिएकी हुन्थेउ रंगहरुले
निथ्रुक्कै हुन्थ्येउ त्यो पानिको खेलले
तै पनि बचाएर राखेकी हुन्थेउ सबैबाट
त्यो सिउदो ओरि परि भाग
मेरै लागि भनेर !!!
निथ्रुक्कै हुन्थ्येउ त्यो पानिको खेलले
तै पनि बचाएर राखेकी हुन्थेउ सबैबाट
त्यो सिउदो ओरि परि भाग
मेरै लागि भनेर !!!
जब म पोती दिन्थे रातो रंग तिम्रो निधारमा
अलि अलि सीउदो छोइने गरेर
तिमि लजाउथेउ स्वयम्भर कि बेहुली झैँ
फुरुङ्ग पर्थेउ जिबनको उद्देस्य भेटे जसो गरि
र अझै केहि बढी आश गरे जस्तो मुहार गरेर हेर्थ्येउ
म तिर
म भने नबुझे झैँ गरि तिमिलाइ झस्काउथे
लुकाएर राखेको बाल्टिनको पानि खन्याएर !

त्यो दिन भर तिमिमा उस्तै चमक रहन्थ्यो
जस्तो देखिएको थियो मेरो रंग दले पछिको तिम्रो मुहार
मेरै अघि पछि गरि रहन्थे तिम्रा नयनहरु
मेरो चौकीदारी गरे जस्तो
अरु कसैको निधारमा रंग भर्छु कि भनेर
ध्यान खिचिरहन्थेउ हास्ने नपर्ने सानो कुरामा पनि
ठुलो हासो गरेर, कहिले चिच्याएर , कहिले रोएको नाटक गरेर

ओहो, तिमिले कसरि जानेकी होलाउ तेस्तो कला
दिन भर सबै माँझ भएर पनि
तिमिसंग मात्रै भए जस्तो आभाष दिलाउन सक्ने
सबैले दलेकै थिए नि रंगहरु मलाइ पनि
खेलेकै थिएँ सबै संग दिन भर
तै पनि भरे नुहाउदा तिम्रै मात्र यादहरु झर्थे
पानिको थोपामा रंगहरु मिसिएर
पानि पनि के भन्नु तिमि नै बग्थ्येउ रंग संगै मिसिएर
त्यसै गरि मिसायौ जिबन भरलाइ पुग्ने
यादका रंगहरु मेरो जिबनमा
न बिर्सन मन लाग्ने
न सम्झन रिचार्ज नै गरि रहनु पर्ने !!!!

Comments
Post a Comment