रातो रातो हुनु पर्छ
त्यो मजेत्रो
जसले मेरो सिङ्गै भारि लाइ
तिम्रो थाप्लोमा सारिदिन्थियो
म तिम्रो आङ्गमा लुपुक्क पर्थें
तिम्रै शरीरको अंग झैँ गरि
शुरु गर्थेउ तिम्रा नित्य कर्म हरु
कहिले बस्ने कहिले उठ्ने गरि
के के -के के गरि रहन्थ्येउ
मलाइ पिङ्गको मजा त्यसैमा आउथ्यो होला
तिम्रो शरीर बाट आउने बेग्लै गन्ध
तिमिले गाइरहने एउटै गीत
मलाइ सुताउन पर्याप्त हुन्थियो होला
र त , मलाइ त्यसपछि को कुनै सम्झना हरु नै छैन !
त्यस पछि पनि तिमि उसै गरि
गरि रह्येउ होला मेलापात
गरि रह्येउ होला गाम बेशी उसै गरि
म त झरें तिम्रो आङ्ग बाट
तर झरेन मझेत्रो तिम्रो थाप्लो बाट
म झरे पछि त्यो मजेत्रोमा
मेरी बहिनि चढी
म अघि मेरी दिदि र दाइ चढे होलान
तिमिलाइ त हामि भारि कहिल्यै भएनौं
धन्न त्यो मजेत्रो
कति पटक उध्रियो होला
कति पटक काडा ले उधिन्यो होला
घाम पानि ले रुझायो होला
तर तेस्ले तिम्रो साथ् कहिल्यै छोडेन !!
हामि चार भाइ बहिनि झरे पछि पनि
त्यो आङ्ग बाट
कैले घास को भारि
कहिले दाउराको मुठो
चढी रह्यो तिम्रो आङ्ग मा पालै पालो
हामि त झरेउ तिम्रो बुइ बाट
तर झरेन हाम्रो भारि तिम्रो पिठिउं बाट
कैले नया लुगा बनेर
कैले स्कुल को फिश बनेर
अल्झी रह्यौं तिम्रो मजेत्रो मा
न त कहिलै तिम्रो मजेत्रो फेरियो
न त तिम्रो भारि नै
फरक फरक स्वरुप गरेर
चढी रह्यो तिम्रो पिठयूं मा !!!
अबिर दलेर आउदा स्कुल बाट हामि
कसैले नदेख्ने गरि पुछ्थ्यौ आखा को डिल
यही मजेत्रो ले
जस्तै दिन आओस खुसि होस् या दुख
साथ् भैरह्यो तिम्रो त्यो मजेत्रो
तिमि र मजेत्रो मिलेर हुर्काएका हामि हरु
आज तिमि ले पठाएको
कोशेली खादैछौँ बसेर मुग्लान मा
पठाएकी रहिछौ तिम्रो अनन्य साथि
तेही मजेत्रो ले बेरेर !!!!
तिम्रो मजेत्रो आउदा तिमि नै आए सरि भो
घर भरि तिमि बसायौ
तिम्रो पिठ्यु मा बस्दा आउने तेही मिठो गन्ध
घर भरि भो फेरी एक पटक
र तिमि लाइ सम्झिए फेरि एक पटक
आँशु झार्ने पालो मेरो थियो सायद यसपटक
धक नमानी बगाएँ आँशु
र पुछें तिम्रै रातो मजेत्रो ले !!!
------------------------------------
सतिश त्रिपाठी " सार्थक "
05/10/2016/ Houston
Comments
Post a Comment